गृहमन्त्रीले तस्करको फोटो सार्वजनिक नगर्न आग्रह गर्नुभयोः दुर्गा प्रसाईं

काठमाण्डु- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूसँग गृहमन्त्री रवि लामिछानेले तस्करको फोटो सार्वजनिक नगर्नु भन्दै आग्रह गरेको बताएका छन् । आइतवार पत्रकार सम्मेलन गर्दै प्रसाईंले गृहमन्त्री लामिछानेले तस्करहरुको फोटो सार्वजनिक नगर्न आग्रह गरेपछि आफूले सार्वजनिक गरेरै छाड्ने बताएका हुन् । ‘मलाई फोटो सार्वजनिक नगर्न भनेर गृहमन्त्रीले भन्नुभएको छ, खबर पठाउनुभएको छ । फोटो सार्वजनिक गर्छु जहाँपनि…