सप्तरी - लैंगिक हिंसाविरूद्ध १६ दिने अभियान सुरू भएको पहिलो दिन नै सप्तरीमा दुई जना महिलाको हत्या भएको छ । बोदेबर्साइ नगरपालिका बनौला घर भई राजविराज नगरपालिका– १ बस्दै आएकी ३५ वर्षीया गीता देवी रजक शनिवार मृत अवस्थामा भेटिएकी थिइन् । बिहान घर नजिकै रहेको टिनको छाप्रोमा उनको शब हत्या भएको अवस्थामा भेटिएको स्थानीयले बताएका…