काठमाण्डु-एमालेले सरकारमा जाने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । एमालेका एक नेताका अनुसार पार्टीले पाएका आठ मन्त्रालयमध्ये उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेलले पाउने छन् । उनले यो ‘फाइनल लिस्ट’ नै भएको पनि बताए । एमालेबाट उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा विष्णु पौडेलको नाम टुंगो लागेको छ भने सरकारको प्रवक्ताको जिम्मेवारीसहित सञ्चारमन्त्रीमा पृथ्वी सुब्बा गुरुङलाई बनाइएको छ…