आयोगद्वारा निर्वाचन सम्पन्न प्रतिवेदन प्रधानमन्त्री कार्कीसमक्ष पेश

काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगले हालै सम्पन्न गरेको निर्वाचनलाई अहिलेसम्मकै उत्कृष्ट निर्वाचनको रूपमा मूल्यांकन गरिएको बताएका छन् । आईतबार निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारी, २ जना आयुक्तहरू, सचिव सहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन सम्पन्न भएको प्रतिवेदन बुझाएको उनले जानकारी दिए । मन्त्री अर्यालका अनुसार उक्त अवसरमा निर्वाचन आयोगले निर्वाचनलाई सुशासनका हिसाबले…