काठमाण्डु- अस्ट्रेलियाको क्रिकेट टोलीले अफगानिस्तानसँग द्विपक्षीय क्रिकेट नखेल्ने भएको छ । तालिवान सरकारको महिला अधिकारप्रतिको अडानका कारण अस्ट्रेलियाले अफगानिस्तानसँग कुनै पनि द्विपक्षीय शृंखला नखेल्ने भएको हो । अस्ट्रेलियाले महिला र बालिकाको मानव अधिकारमा उल्लेखनीय ह्रास आएको भन्दै अफगानिस्तानसँग तीन पटक द्विपक्षीय शृङ्खला खेल्न अस्वीकार गरेको छ। गत महिना भएको टी-२० विश्वकपमा अफगानिस्तानले अस्ट्रेलियालाई हराएपछि अस्ट्रेलियाका…