छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाण्डु- छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएकाे छ । काठमाण्डु महानगरपालिका-३२ जडिबुटीस्थित सडकमा बा.प्र.०२-००२ प ८४९६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका-१ घर भएका छविलाल मगरकी छोरी ११ वर्षीया लक्ष्मी मगरको शनिबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।…