काठमाण्डु- दुई युवकको ज्यान गएको ललितपुरको बालकुमारी गोली काण्डमा तीन मन्त्रीको चर्को आलोचना भइरहेको छ । उक्त घटना हुनुमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी जिम्मेवार देखिएका हुन् । तर, यति गम्भीर घटनामा नैतिक जिम्मेवारी लिनुको साटो उनीहरू एक अर्कालाई दोष…