किमाथांका – संखुवासभाको चैनपुर नगरपालिका–२ चित्लाङमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । ट्रयाक्टर दुर्घटनामा परी चैनपुर–२ का १९ वर्षीय लीलाबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । चैनपुरको सिद्धपोखरी–नुनढाकी सडकखण्डमा मंगलबार दिउँसो खाद्यान्न बोकेको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टरको डालीमा बसेका तामाङको घटनास्थलमै मृत्यु भएको…