रास्वपा कांग्रेस–एमाले गठबन्धनमा सहभागी नहुने

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ बन्न लागेको नेपाली कांग्रेस–नेकपा एमाले सम्मिलित गठबन्धनमा सहभागी नहुने भएको छ । मंगलबार बिहान सिंहदबारमा बसेको सचिवालय बैठकले नयाँ गठबन्धन र अब बन्ने सरकारमा सहभागी निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले भने, ‘नयाँ सरकारमा रास्वपा सहभागी हुँदैन ।…