संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंग्याउन कार्यदल गठन

काठमाण्डु- प्रमुख तीन दलले संक्रमणकालीन न्यायसँग सम्बन्धि विषयलाई टुङ्गो लगाउन कार्यदल गठन गरेका छन् । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दा टुंगो लगाउनेबारे सहमति भएको थियो । उक्त सहमति अनुसार टीआरसी विधेयकमा सहमति गरेर प्रस्ताव तयार गर्न तीन दलबाट एक एक जना…