बीपी प्रतिष्ठानमा मेयर हर्कको ताला, समस्या सुल्झाउन प्रधानमन्त्रीको निर्देशन

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरूका माग सम्बोधन गर्न निर्देशन दिएका छन्। स्वाथ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन्। उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा देखिएका समस्या समाधान…