विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला

काठमाण्डु – राजधानी काठमाण्डुको बुढानिलकण्ठ नगरपालिका–१३ सापाटारमा भोजपुर घर भएकी ५० वर्षीया टिकामाया लिम्बु सोमबार मृत अवस्थामा फेला परेकी छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ संगमचोकस्थित मानिस नबस्ने पुरानो घरमा हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरा बस्ने ४५ वर्षीय राजु गुरूङ आइतबार मृत अवस्थामा फेला परेका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजिपस्थित त्रिशुली नदीको किनारमा भानु नगरपालिका–६ बस्ने ३१…