काठमाण्डु – निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलको चुनाव खर्चको निगरानी गर्न प्रहरीलाई निर्देशन दिएको छ । खर्च अपारदर्शी भएको र निर्वाचन महँगिदै गएको भन्ने सर्वत्र टिप्पणी हुँदै आएपछि आयोगले निर्वाचन खर्चको पालनामा कडाई गरेको हो । त्यसका लागि निर्वाचन सीमाभित्र रही खर्च गरे–नगरेको र आचारसंहिता पालना भए–नभएको सम्बन्धमा ‘तल्लो’ तहबाटै निगरानी गर्नुपर्ने निष्कर्षसहित आयोगले…