मर्यादाक्रम अनुसार सरकारी कर्मचारीको तलबमान निर्धारण गर्न परमादेश

काठमाण्डु – सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । सोमबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सरकारका नाममा तलबमानमा विभेद नगर्न परमादेश जारी गरेको हो । महान्यायाधिवक्ता कार्यालयका कर्मचारीहरू भरतप्रसाद मैनाली, गोविन्द खनालसहित ३३ जनाले दायर गरेको रिटमा शर्मा र पोखरेलको संयुक्त इजलासले फैसला गर्दै विभेद…