काठमाण्डु – उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश हरिप्रसाद पौडेल र पुरुषोत्तम ढकालको संयुक्त इजलासले पार्टी कार्यालय नभत्काउन काठमाण्डु महानगरपालिकाको नाममा आदेश दिएको हो । विद्युत् प्रसारण लाइनमुनिको जग्गामा निर्माण गरिएको भन्दै काठमाण्डु महानगरले राप्रपाको पार्टी कार्यालय भत्काउने निर्णय गरेको थियो…