धनगढी – कैलालीको गोदावरी नगरपालिका–१ बस्ने २३ वर्षीया कोपिला जोशीको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ । धारामा नुहाउने क्रममा मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।