काठमाण्डु – सर्वाेच्च अदालतको प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले योग्यता पुगेका ६ जना न्यायाधीशहरूको नाम संवैधानिक परिषद्मा सिफारिस गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण आगामी चैत १८ गतेदेखि अवकाशमा जाने भएकाले नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढेको हो । प्रस्तावित नामहरू वरिष्ठताका आधारमा सिफारिस गरिएको छ । वरिष्ठतम न्यायाधीश सपना…