चिसोका कारण भूकम्पमा जोगिएका दुई जनाकाे ज्यान गयाे

काठमाण्डु- गत साता जाजरकोटमा गएको भूकम्पपछि समयमै उचित व्यवस्थापन हुन नसक्दा अत्यधिक चिसोका कारण भूकम्पपीडित मारमा परेका छन्। यसैबीच भूकम्पमा जोगिएका दुई जनाले चिसोका कारण ज्यान नै गुमाएका हुन्। शुक्रबार जाजरकोटको नलगाड नगरपालिका–४ लहँस्थित च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र बिहीबार राति सोही वडाकी ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको जनाइएको छ। गोपालबहादुर दमका बिरामी…