काठमाण्डु – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटको पेसी न्यायाधीशद्धय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको छ । यसअघि श्रेष्ठकै इजलासले जेठ २० गते अग्राधिकार प्रदान गर्दै लिखित जवाफ मगाएर अन्तरिम आदेशको छलफलका लागि बोलाएको थियो । सर्वोच्चले कास्की प्रहरीमा लामिछानेविरुद्ध रहेको जाहेरी पनि झिकाउन आदेश गरेको…