रौतहट – जिल्लामा आज शुक्रबार भएका २ छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । गौर नगरपालिका–३ पोखरीया टोलमा नुरमहमद अंसारीका छोरा ३५ वर्षीय अमरुल अंसारीको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गौरका डीएसपी दामोदर केसीले घरको चापाकलमा जडान गरिएको मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर अन्सारी घाइते भएका जानकारी दिए ।…