काठमाण्डु- छिमेकी मुलुक भारतले जाजरकोट भूकम्पपीडितका लागि थप राहत सामग्री पठाएको छ। राहत सामग्रीको तेस्रो खेप लिएर भारतीय वायुसेनाको विमान बिहीबार साँझ नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो। तेस्रो खेपको राहत सामग्री भारतीय राजदूतावासका प्रतिनिधिले नेपाली पक्षलाई हस्तान्तरण गरेका छन्। आज पठाइएको राहत सामग्रीमा ब्ल्यांकेट, स्लिपिङ ब्याग, टेन्ट र औषधि छन्। भारतीय विदेशमन्त्री डा. एस जयशंकरले…