काठमाण्डु - काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। बिहीबार विहान १:२० बजे भूकम्पको धक्का महसुस गरिएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकबिजय अधिकारीका अनुसार मकवानपुरको चित्लाङ केन्द्रबिन्दु बनाएर ४.५ रेक्टरस्केलको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौं सहित मकवानपुर, धादिङ जिल्लामा समेत महसुस गरिएको थियो।