काठमाण्डु- जाजरकोट भूकम्पपछि बसेको मन्त्रिपरिषद् बैठकको आकस्मिक बैठकले विभिन्न १८ वटा निर्णय गरेको छ । आज बिहान बसेको उद्धार, राहत केन्द्रित बैठकमा तत्काल मृतकका परिवारलाई २ लाखका दरले राहतस्वरूप उपलब्ध गराउने, घाइतेको नि:शुल्क उपचार गर्ने, राहत सामग्रीलाई एकद्वार प्रणालीबाट संकलन तथा वितरण गराउँदै व्यवस्थित गर्नेलगायतको निर्णय गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । यी हुन्…