प्रधानमन्त्री प्रचण्ड आज रुकुम पूर्व जाँदै

काठमाण्डु- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज रुकुम पूर्व जाने भएका छन्। पार्टीको प्रशिक्षण तथा जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड बिहान साढे ११ बजे रुकुम पूर्व जान लागेको जिल्ला संयोजक कुमारी बरालले जानकारी दिइन्। कार्यक्रमका लागि केन्द्रिय नेताहरु, प्रदेशका नेता र जिल्ला तहका नेताहरु मैकोट पुगिसकेका छन्। माओवादीको विशेष अभियान अन्तरगत…