काठमाण्डु - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुङ्गानाको लेक लागेर मुत्यु भएको छ । अन्नपूर्ण आधार शिविरबाट फर्कने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत आज बिहान पोखरामा ल्याइएकामा ९ः४० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। हेलिकप्टरमार्फत गत आइतबार…