रिक्त दुई सचिवमा अर्याल र पुडासैनी बढुवा

काठमाण्डु- मन्त्रिपरिषद्‌को बैठकले रिक्त दुई सचिवमा राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई बढुवा गर्ने निर्णय गरेको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद्‌को बैठकले उनीहरुलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। मंगलबार नियमित बस्ने मन्त्रिपरिषदको बैठक बिहीबार बसेको थियो। बैठकले संघीय संसद्‌को बजेट अधिवेशन अत्य गर्ने निर्णय पनि गरेको छ।