तिलोत्तमा रुपन्देहीका पालिकाहरूको बेरुजु फर्च्यौटमा उत्कृष्ट

बुटवल – तिलोत्तमा नगरपालिका रुपन्देहीका पालिकाहरूमध्य बेरुजु फर्च्यौटमा उत्कृष्ट देखिएको छ । महालेखा परीक्षकको कार्यालयले ६१ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दैै आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षणमा तिलोत्तमा नगरपालिका रुपन्देहीमा बेरुजु फर्च्यौटमा उत्कृष्ट देखिएको हो । तिलोत्तमाको यस आर्थिक वर्षमा जम्मा १.४१ प्रतिशत मात्रै बेरुजु देखिएको छ । बजेट योजना कार्यान्वयन, राजश्व प्रशासन, सार्वजनिक सम्पत्ति…