नेपालगञ्ज – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाजरकोटमा गएको शक्तिशाली भूकम्पबाट पीडित बनेकाहरूको राहत र उद्धारका लागि राज्यले आफ्नो कर्तव्य सफलतापूर्वक निर्वाह गरेको बताएका छन् । जाजरकोट र रुकुम पश्चिमको निरीक्षणपछि नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार उद्धारमा लागेको बताए । ‘आज म आफैं गएर भूकम्पबाट मुख्य प्रभावित जिल्लाहरूको निरीक्षण गरें । हताहत र…