काठमाण्डु – पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको लु१४प ८८७१ नम्बरको मोटरसाइकल शनिबार दिउँसो सिद्धार्थ राजमार्गको पाल्पा खण्ड अन्तर्गत माथागढी गाउँपालिका–१ बिरौटामा दुर्घटना भएको हो । मोटरसाइकलमा सवार वालिङ नगरपालिका–५ का ४१ वर्षका मोहनीलाल थापा घाइते भई उपचारका लागि पाल्पा अस्पतालमा पठाएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला…