काठमाण्डु – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने प्रत्यक्ष संलग्न रहेका भनिएका सहकारीमा भएको बचत हिनामिना प्रकरणमा सत्यतथ्य छानबिनको विषयमा सत्तारुढ र विपक्षीबीच द्वन्द्व चर्किरहेको बेला कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउका विषयमा सरकार र विपक्षीको द्वन्द्व झन चर्किएको छ । गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समितिको माग गर्दै संघीय संसद्मा अवरोध गर्दै आइरहेको प्रमुख प्रतिपक्षी…