कांग्रेसले जनकपुरबाट चुनावी अभियान थाल्ने

काठमाण्डु - प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले जनकपुरबाट निर्वाचन केन्द्रित अभियान सुरु गर्न लागेको छ । कांग्रेसले माघ १६ गते जनकपुरमा सभा गरी निर्वाचनको औपचारिक अभियान सुरु गर्न लागेको हो । कांग्रेस मधेस प्रदेश कार्यसमितिलाई परिचालन गरेर चुनावी अभियान गर्न लागिएको कांग्रेस मधेश प्रदेशका प्रचार संयोजक नितेशकुमार गुप्ताले जानकारी दिए ।कांग्रेसले जनकपुरसहित विभिन्न स्थानमा पनि…