काठमाण्डु – प्रतिनिधिसभा सदस्यका लागि बारा–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद गणेश धिमालले जनताको सचेतताले नै देशमा हरेक परिवर्तन सम्भव हुने बताएका छन् । सोमबार काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै उनले विभिन्न राजनीतिक विश्लेषकहरूले वर्तमान व्यवस्थामा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसक्ने तर्क गर्दै आएको स्मरण गर्दै त्यसलाई जनताले गलत सावित गरेको बताए…