इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली दर्ता तथा अद्यावधिक सुचारु

काठमाण्डु - निर्वाचन आयोगले आजदेखि उपनिर्वाचन हुने इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली दर्ता र अद्यावधिक सुरु गरेको छ । आयोगले उपनिर्वाचन प्रयोजनका लागि गत फागुन १४ गतेदेखि मतदाता नमावली दर्ता कार्य स्थगित गरेको थियो । आयोगले उपनिर्वाचन हुने इलाम र बझाङमा यही वैशाख २५ गतेदेखि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट साविकमा झैँ मतदाता नामावली…