तिलोत्तमा नगरपालिकाको विवाद टुंगियो

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा केही दिनदेखि देखिएको विवाद सहमतिमा टुंगिएको छ । वडाध्यक्षलाई धकेलेर पौडीपोखरीमा फाल्ने डीएसपीलाई कारबाही गर्ने र विवादास्पद भूमिकाको आरोप लागेका प्रमुख प्रशासकीय अधिकृत फेर्ने कांग्रेस-एमालेको सहमतिपछि रुपन्देहीको तिलोत्तमामा रोकिएको नगरसभा सुचारु भएको हाे। सोमबार साँझ दुवै पक्षबीच सहमति जुटेको हो । एमाले जनप्रतिनिधिले उठाएका विषयगत समिति गठनलाई पनि बजेटसँगै कार्यसूचीमा…