सभामुख घिमिरे र संसदीय समितिका सभापतिबीच छलफल

काठमाण्डु- सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको समितिका नवनिर्वाचित सभापतिहरुसँग छलफल गरेका छन् । बुधबार सिंहदरबारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरूबीच समितिका कामकारबाही र विचाराधीन विधेयकहरूका सम्बन्धमा छलफल भएको हो । छलफलमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहित सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल, पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंह, अर्थ समिति सभापति सन्तोष चालिसे,…