खोलाले बगाएर १ जनाको मृत्यु

कपिलवस्तु – खोलाले बगाएर कपिलवस्तुमा १ वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका–१ चफेलाका ६४ वर्षीय नुमलाल गैरे रहेका छन् । ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले भैंसी चराउन गएका बेला बाढीले गैरेलाई बगाएको जानकारी दिए । भैंसी चराउँदै गर्दा बाढी आउन लागेपछि खोलापारी रहेको भैंसी फर्काउन जाने क्रममा उनलाई खोलाले…