केन्द्रीय सदस्यलाई ओलीको निर्देशन– असन्तुष्टि नेतृत्वसमक्ष राख्नु, मिडियामा गएर नबाेल्नु

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीसम्बन्धी असन्तुष्टि र पार्टीको प्रतिष्ठामा आँच आउने कुरा सार्वजनिक सञ्चारमाध्यममार्फत व्यक्त नगर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन्। शुक्रबार ११ औँ महाधिवेशनबाट निर्वाचित प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टीको प्रतिष्ठामा आँच पुग्ने कुनै पनि अभिव्यक्ति मिडियामा नदिन आग्रह गरेका हुन् । उनले अनुशासनमा बस्न र सामाजिक अनुशासन…