काठमाण्डु- स्याङ्जाको बिरुवा गाउँपालिका-२ श्रीडाँडामा चट्याङका कारण एक युवकको मृत्यु भएको छ भने कुखुरा फार्ममा ठूलो क्षति पुगेको छ । शुक्रबार साँझ आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते भएका २० वर्षीय मिलन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए । उनलाई शनिबार बिहान उपचारका लागि…