जडिबुटी क्षेत्रमा डोजरमाथि ढुंगामुढा, सुकुमबासी बस्ती हटाउने कार्य स्थगित

काठमाण्डु – राजधानी काठमाण्डु उपत्यकाका सुकुमबासी बस्ती खाली गराउने क्रममा जडिबुटी क्षेत्रमा डोजरमाथि ढुंगामुढा भएको छ । जडिबुटी क्षेत्रको अतिक्रमित भूमि खाली गर्ने क्रममा तनाव उत्पन्न भएपछि शनिबारलाई बस्ती हटाउने कार्य स्थगित गरिएको छ । भक्तपुरतर्फको भागमा डोजर प्रयोग गरी बस्ती हटाउने क्रममा स्थानीयले विरोध जनाउँदै ढुंगामुढा प्रहार गरेका छन् । अतिक्रमित संरचना हटाउन पुगेका…