काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले आज सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । सोमबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको जनाएको छ । हाल कोशी प्रदेशमा सामान्य बदली रही…