काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार कारागारमुक्त हुँदै छन्।थुनामुक्त हुन उनी भैरहवास्थित जिल्ला अदालत प्रस्थान गर्न लागेका छन्। अहिले उनी त्रिभुवन विमानस्थल पुगेका छन्। त्यहाँबाट उनी जहाजमा भैरहवा जानेछन्। जिल्ला अदालत रूपन्देहीबाट छुट पुर्जी लिएपछि मात्रै लामिछाने थुनामुक्त हुनेछन्। उनले धरौटी बापतको १ करोड रूपैयाँ बुझाउनुपर्नेछ। उच्च अदालतल तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सुप्रिम…