काठमाण्डु- कैलालीमा लेनदेनको विषयमा विवाद हुँदा एक जनामाथि खुकुरी प्रहार भएको छ। बर्दगोरिया गाउँपालिका-२ का ४७ वर्षीय रुपबहादुर सुनारमाथि खुकुरी प्रहार भएको हो। खुकुरी प्रहारबाट उनी घाइते भएका छन्। लेनदेनबारे विवाद हुँदा बुधबार बिहान वडा नम्बर ५ वस्ने ३२ वर्षीय बसन्त साउदले उनीमाथि खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ। साउदले सुनारको घरमै…