काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा ६७० जनाको कैद सजाय माफी गरेका छन् । असोज ३ गते संविधान दिवसको अवसरमा लागू हुने गरी कैद सजाय मिनाहा गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार संविधान दिवस २०८० को अवसरमा माफी मिनाहा भएको छ । पढ्नुहोस् विज्ञप्ति –