नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज

काठमाण्डु- आज (शुक्रबार) नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा बस्ने छ । बैठकमा पार्टीको आगामी कार्ययोजना, पोलिटब्युरो तथा स्थायी कमिटी गठन लगायतका सांगठनिक विषयमा छलफल गर्ने बताइएको छ । अध्यक्ष केपी शर्मा ओलीसहित सिङ्गो पदाधिकारी र केन्द्रीय सदस्यहरूको विहीबार नै शपथ भइसकेको छ।…