काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएका पीडितले काठमाडौंको माइतीघर मण्डलमा भोक हड्ताल सुरु गरेका छन् । सोमबारबाट शुक्लाफाँटा आरक्ष पीडित संघर्ष समिति कञ्चनपुरका अध्यक्ष कर्णबहादुर चन्द र सचिव प्रेमदत्त भट्टले भोक हड्ताल सुरु गरेका हुन् । वर्षाैंदेखि राख्दै आएका माग पूरा नभएसम्म रातदिन नभनी भोक हड्तालमा बस्ने सचिव भट्टले जानकारी दिए…