सवारी लाइसेन्स वितरण अनिश्चितकालका लागि बन्द

काठमाण्डु- यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण कार्य अनिश्चितकालीन रूपमा रोकिएको जनाएको छ। हालैको जेनजी आन्दोलन का क्रममा विभागको संरचनामा भएको तोडफोड, आगजनी तथा चोरी–लुटपाटका कारण विभागका इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा ठूलो क्षति पुगेको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसका कारण चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता (EDLVRS)…