काठमाण्डु - प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदबहाली गर्दै छन्। पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा अन्तरिम सरकारकी नयाँ प्रधानमन्त्री कार्कीले पदबहाली गर्नेछन् । प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठका अनुसार आइतबार बिहान ११ बजे प्रधानमन्त्री कार्कीले नयाँ भवनमा पदबहाली गर्ने कार्यक्रम तय गरिएको हो। नयाँ प्रधानमन्त्री कार्कीलाई स्वागत गर्न उच्च कर्मचारीहरूलाई उपस्थित हुन बोलाइएको छ।…