काठमाण्डु - सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर लामजुरा डाँडामा दुर्घटना भएको छ । मंगलबार बिहान १०:०५मा सुर्केबाट उडेको मनाङ एयरको नाईन एन ए एम भि कलसाईनको हेलिकप्टर लिखुपिके गाउँपालिका ५ भकान्जे स्थित लामाजुराको च्यानडाँडामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मिना कार्कीले जानकारी दिइन्। हेलिकप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए । उक्त हेलिकप्टरमा…