काठमाण्डु – उच्च अदालत पाटनले सुन तस्करी प्रकरणमा थुनामा रहेका अभियुक्त राहुल महरालाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । भन्सार चोरी पैठारी र संगठित अपराधको कसूरमा थुनामा रहेका महरालाई उच्च अदालतले समेत जिल्ला अदालतकै आदेशलाई निरन्तरता दिँदै थुनामुक्त गर्न अस्वीकार गरेको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले…