काठमाण्डु - श्री एयरलाइन्सले आइतबार सबै उडान स्थगित गरेको छ। शनिबार काठमाडौं–धनगढी उडान नम्बर २२५ को जहाजमा केही प्राविधिक समस्याले फर्किएपछि श्रीलाई नागरिक उड्डयन प्राधिकरणले उडान स्थगित गरि सबै जहाजको चेकजाँच गरेपछि मात्रै उडान गर्न निर्देशन दिएको थियो। एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिबार प्रेस नोट जारी गर्दै आइतबार सबै उडान स्थगित गरिएको जानकारी दिएका…